सुन चाँदीको मूल्यमा कीर्तिमानी : सुनको मूल्य ८० हजार नाघ्यो

सुन चाँदीको मूल्यमा कीर्तिमानी : सुनको मूल्य ८० हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ। सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको छ। नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो। आइतबारको तुलनामा साेमबार बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ। यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो। 

सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ। चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ।ठूला अर्थतन्त्र भएका देशबीच आन्तरिक द्वन्द्वको असर विश्व बजारमा परेकाले सुन चाँदी ओकालो लागेको विज्ञहरुको भनाई छ। सुन अझै महँगिने सम्भावना बलियो रहेको अन्तराष्ट्रिय विश्लेषकले अनुमान गरेका छन्।

किन बढ्यो सुनको मुल्य

मुलुकभित्रको राजनीतिक समीकरणलाई देखाएर बजार सूचकांकको विश्लेषण गर्ने गरेको भए पनि चीनबाट फैलिएको महामारी र महँगो सुनको असर सेयर बजारमा परेको देखिन्छ। ‘कोरोना प्रकोपका कारण चीनबाट आयात ठप्प भएपछि त्यता जाने पैसा अहिले सेयर बजारमा आएको छ’, एक सेयर ब्रोकर भन्छन्।

चीनबाट आयात हुने वस्तुमा अन्य मुलुकको तुलनामा बढ्तै न्यूनविजकीकरण हुने गरेको राष्ट्र बैंकका अधिकारीले पनि बताउँदै आएका छन्। त्यसो त, सुनको अनौपचारिक आयात पनि चीनमै निर्भर रहेको प्रहरी अनुसन्धानले पनि प्रस्ट्याएका छन्। तर पछिल्लो समय विश्वव्यापी आर्थिक सुस्ती, चिनियाँ महामारी र अन्तर्राष्ट्रिय व्यापार सामञ्जस्यमा देखिएको खैलाबैलाले सुनको मूल्य ह्वात्तै बढाइदिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ७ वर्षयताकै उच्च भएको छ। गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य प्रतिऔंस १६ सय ४८ अमेरिकी डलरभन्दा माथि पुगेको थियो। यता भारतीय मुद्रा कमजोर हुँदा नेपाली बजारमा भने सुनको भाउ कीर्तिमानी उचाइमा पुगेको हो। सुन महँगिदा पहेँलो धातुमा लगानी गर्ने व्यावसायिक लागि सजिलै पैसा कमाउने अर्को रोजाइको विकल्प अहिले सेयर बजार भएको छ। ‘त्यसैले चीनसँग कारोबार गर्ने धेरै पुराना लगानीकर्ता सेयर बजारमा छिर्न थालेका छन्’, ती ब्रोकर भन्छन्।

त्यसो त, लगानीकर्ता नयाँ उद्योग लगाउन वा निर्माणको काम गर्न हच्किन थालेका छन्। सरकारले निजी क्षेत्रको पारदर्शिता बढाउने गरी कानुनी सुधार अघि सारेपछि धेरै लगानीकर्ता पछि हटेका छन्। यसले गर्दा बैंकमा लगानीयोग्य पैसा क्रमशः बढ्न थालेकाले बैंक पनि सेयरमा लगानी बढाउन तत्पर देखिएका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकमा तरलता समस्या विस्तारै सुधारोन्मुख रहेको बताएका छन्। अन्य उत्पादनमूलक क्षेत्रमा कर्जाको माग घटेपछि सेयर बजारमा लगानी बढ्ने प्रवृत्ति विगतमा पनि देखिएको थियो।

प्रतिक्रिया