भारतबाट घर हिँडेका युवक मृत भेटि

भारतबाट घर हिँडेका युवक मृत भेटि

युवकको शव उद्धार गर्दै प्रहरी र स्थानीय ।

दैलेख : दैलेख जिल्ला सदरमुकाम नजिकै एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको भैरबी गाउँपालिका–१ रावतकोटका २९ वर्षीय युवक लक्ष्मी योगी मृत अवस्थामा फेला परेका हुन् । 

उनको शव नारायण नगरपालिका–१ चिहानडाँडा नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार बुधवार जंगलमा घाँस काट्न गएको बेला स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

मजदुरीका लागि भारत गएका योगी झण्डै एक साताअघि घर फर्कँदै गरेको जानकारी घरपरिवारलाई गराएको पारिवारिक स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए । मृतक योगीको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया