स्थानीयलाई सुधारिएको चुल्हो बनाउने सिप

स्थानीयलाई सुधारिएको चुल्हो बनाउने सिप

दैलेख : जिल्लाका तीन स्थानीय तहका स्थानीयलाई सुधारिएको चुल्हो बनाउने सिप प्रदान गरिएको छ । भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका र भैरबी गाउँपालिकाका १५ जना स्थानीयलाई मातृभुती सुधारिएको चुल्हो निर्माण सम्बन्धि ६ दिने तालिम प्रदान गरिएको हो । ग्रामिण जनस्रोत व्यवस्थापन परियोजना/भगवतीमाई गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा तालिम प्रदान गरिएको हो । परियोजनाका कार्यक्षेत्रका स्थानीयलाई तालिम प्रदान गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अन्तरगर्त ग्रामिण जनस्रोत व्यवस्थापन परियोजनाका फिल्ड संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
भगवतीमाई गाउँपालिका वडा नम्बर ६ चिपिनमा सञ्चालित ६ दिने तालिम बुधवार सकिएको छ । तालिममा सहभागिले आ–आफ्नो गाउँपालिका र परियोजनाको समन्वयमा गाउँपालिका भित्रका अन्य स्थानीयको घरमा सुधारिएको चुल्हो निर्माण गर्नेछन् । तालिम लिएकाहरुको आर्थिक अवस्था सुधार हुने बताइएको छ । भगवतीमाई गाउँपालिका–६ का कट्टी, सानीगाउँ, चिपिन, चिपिनतडा र पानतोला टोललाई धुवा मुक्त बनाउने लक्ष सहित यस अघि देखि नै अभियान थालिएको फिल्ड संयोजक अधिकारीले जानकारी दिए । भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी र ग्रामिण जनस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत सल्लाहकार लक्ष्मीचन्द्र महतको उपस्थितीमा उद्घाटन भएको तालिम भगवतीमाई गाउँपालिका–६ का वडाध्यक्ष विरशंकर रोकायले समापन गरेका छन् ।

प्रतिक्रिया