मन्टेश्वरीमा अध्ययनरत बालबालिकाको घरमै पुगेर मास्क, सेनिटाईजर लगाएत सामग्री वितरण

मन्टेश्वरीमा अध्ययनरत बालबालिकाको घरमै पुगेर मास्क, सेनिटाईजर लगाएत सामग्री वितरण

ज्वाला सन्देश संवाददाता
सुर्खेत :
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेत स्थित एक मन्टेश्वरीले मन्टेश्वरीमा अध्ययनरत बालबालिकालाई घरमै पुगेर स्वास्थ्य तथा सरसफाईका सामग्री प्रदान गरेको छ । यहाँको बालन शिक्षा मन्टेश्वरी तथा चाईल्ड केयर सेन्टरले शुक्रवार आफ्ना बालबालिकालाई घरमै पुगेर मास्क, सेनिटाईजर, हात धुने साबुन, मुख छोप्ने हाते रुमाल लगाएतका सामग्री प्रदान गरेका हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइस (कोभिड–१९) संक्रमणबाट जोगाउन बालबालिकालाई उक्त सामग्री प्रदान गरिएको मन्टेश्वरीका प्रिन्सीपल रचना सुनारले जानकारी दिइन् । उनका अनुसार मन्टेश्वरीमा अध्ययनरत ७० जना बालबालिकालाई सामग्री दिईएको हो ।

मन्टेश्वरीमा अध्ययनरत बालबालिकासँगै वीरेन्द्रनगर नगरपालिका–१ का ३० जना भन्दा बढि विपन्न तथा दलित समुदायका बालबालिकालाई समेत मास्क, सेनिटाईजर, हात धुने साबुन, मुख छोप्ने हाते रुमाल लगाएतका सामग्री दिईएको छ । ‘सबै बालबालिकाको घरदैलोमा पुगेर सामग्री प्रदान गर्नुका साथै बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हौ,’ प्रिन्सीपल सुनारले भनिन् ।
बालबालिकाको घरघरमा पुगेर हात धुने तरिकाहरुबारे सिकाएको सुनारले बताइन् । यस्तै कोरोना भाइरसबाट बच्ने उपाए, घर वरपरको सरसफाईबारे बालबालिका र अभिभावकलाई जानकारी गराईएको हो । बालबालिकालाई कुनै पनि स्वास्थ्य समस्या हुन नदिन अभिभावकको भूमिकाबारे समेत जानकारी गराईएको छ ।
कडा ज्वरो, रुघा खोकी देखिएकामा स्वास्थ्य संस्थामा चेकजाँचका लागि जान उनिहरुलाई आग्रह गरिएको छ । बालबालिकाको घरदैलो कार्यक्रममा मन्टेश्वरीका प्रिन्सीपल रचना सुनार सहित संस्थापक राजकुमार विश्वकर्मा, शिक्षक अञ्जना सुनार, स्वंयमसेवकहरु सजना सुनार, जीवन विश्वकर्मा लगाएत सहभागि थिए ।
कोभिड–१९ को सम्भावित संक्रमण फैलन नदिन सरकारले लगाएको चैत्र १८ गतेसम्म देशव्यापी लकडाउन गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोरोना भाइरसको चौथो संक्रमणको बारेमा जानकारी दिएका हुन् ।

प्रतिक्रिया