दैलेखका सय जनाको पीसीआर रिर्पोट नेगेटिभ

दैलेखका सय जनाको पीसीआर रिर्पोट नेगेटिभ

दैलेख वैशाख ३१ गते । दैलेखमा एक सय जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । स्वाब संकलन गरि पठाईएको एक सय जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । नारायण नगरपालिका र स्वास्थ्य सेवा कार्यालयमा गरी १५, दुल्लु नगरपालिकाका ९, आठबीस नगरपालिकाका २७, चामुण्डाविन्द्रासैनी नगरपालिकाका १७, नौमूले गाउँपालिका ९, भगवतीमाई गाउँपालिकाका ७, डुङ्गेश्वर गाउँपालिकाका ७ र ठाटीकाँध गाउँपालिकाका ९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ का फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए ।

भारत तथा तेस्रो मुलक र शंकास्पद् ठाउँबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलन गरिएको थियो । जिल्लामा ८ सय ६० जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबै जनाको रिर्पोट नेगेटिभ आएको खोप अधिकृत तथा कोभिड–१९ का फोकल पर्सन रेग्मीले बताए ।

उनका अनुसार नारायण नगरपालिका र स्वास्थ्य सेवा कार्यालयमा गरी २ सय ३१, दुल्लु नगरपालिकामा ५१, आठबीस नगरपालिकामा १ सय २०, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १५, नौमूले गाउँपालिकामा ५६, भगवतीमाई गाउँपालिकामा ८६, महाबु गाउँपालिकामा ४४, भैरबी गाउँपालिकामा ३०, डुङ्गेश्वर गाउँपालिकामा ८६, गुराँस गाउँपालिकामा ७ र ठाटीकाँध गाउँपालिकामा १ सय ३४ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिएको हो ।

पछिल्लो समय जिल्लामा बाहिरबाट व्यापक रुपमा मानिसहरु भित्रिएकोले जिल्ला बाहिरबाट भित्रिएकाहरुलाई लक्षित गरी ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिँदै आएको रेग्मीले बताए । ‘जिल्लामा कोरोनाको शंकास्पद् बिरामी भेटिएको छैन्,’ रेग्मीले भने । अहिले जिल्लामा जम्मा १ सय २५ वटा आरडिटी किट र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भिटीएम ४ सय ५१ वटा मौज्दात रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया