बालिका बलात्कार आरोपित बालक पक्राउ

बालिका बलात्कार आरोपित बालक पक्राउ

दैलेख जेठ २ गते । १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले नौमूले गाउँपालिका–६ का १६ बर्षीया बालकलाई पक्राउ गरेको हो । पीडित पक्षले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान थालिएको प्रहरी निरिक्षक उपेन्द्रप्रसाद आचार्यले बताए । गत वैशाख २७ गते गोठाला गएको बेला बलात्कार भएको बालिकाको बहिनीले आमालाई बताएपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया