दैलेख आठबिस-१ का एक युवकमा देखियो कोरोना संक्रमण,संक्रमितको संख्या ३७५ पुग्यो

दैलेख आठबिस-१ का एक युवकमा देखियो कोरोना संक्रमण,संक्रमितको संख्या ३७५ पुग्यो

दैलेख जेठ ५ गते । नेपालमा थप १८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार सोमबार साँझ थप १८ जना नयाँ संक्रमित थपिएका हुन्। धनुषाका २ पुरुष, खोटाङ हलेसीका एक पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबिस नगरपालिका -१ सात्तलाका एक पुरुष, सुनसरीका एक पुरुष, झापाका एक पुरुष रहेको अधिकारीले बताए। कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ। सोमबार मात्रै ७४ जना नयाँ संक्रमित थपिएका छन्। २४ घण्टाको अन्तरालमा प्रति घण्टा तीन जनामा कोरोना संक्रमण फैलिएको छ।

सोमबार बिहान र दिउँसो गरी बाँकेमा ४७ जना, रौतहटका ८, बाराका  १ जना, मोरङमा १, गुल्मीमा १, धनुषामा १, धादिङमा १, रौतहट १ र दाङमा १ जना कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन्। त्यस्तै सिन्धुपाल्चोकमा  र बाँकेमा  गरी दुई जनाको मृत्यु भएको छ।

प्रतिक्रिया