क्वारेन्टाइनमा बस्नेहरुको बेहाल

क्वारेन्टाइनमा बस्नेहरुको बेहाल

हिक्मतबहादुर नेपाली
दैलेख जेठ १० गते ।

भारत सरकारले रेलसेवा सुरु गरेसँगै दैलेखमा पनि सिमावर्ती क्षेत्रबाट आउनेको लर्को लागेको छ । यो क्रम जारी छ । पछिल्लाे तीन दिनमा मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका २ हजार बढी नागरिक भित्रिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । तर, क्वारेन्टाइन नाम मात्रैका छन् । क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको पनि समस्या छ । विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेका बताउँछन् । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी समेत बस्दैनन् ।

सामुदायिक विद्यालयको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ । त्यस मध्येको एक हो, नारायण नगरपालिकास्थित नारायण क्याम्पस रामपुरको क्वारेन्टाइन । उक्त क्वारेन्टाइनमा झण्डै अढाई सय व्यक्ति बसिरहेका छन् । त्यहाँ बसेका तीन जनामा आरडीटी पोजिटिभ देखिएपछि बनेका अन्य व्यक्ति भन्छन्, ‘हामीलाई भेडाबाख्रा जसरी राखिएको छ, हामी सुरक्षित छैनौँ, स्थानीय सरकारले जनावरको जस्तो पनि व्यवहार गरेनन् ।’ 

क्वारेन्टाइनमा बसेका सुरेन्द्र राना भन्छन्, ‘डेक्स बेन्च जोडेर सुत्नु परेको छ, शौचालय छ, खानपिनको समेत समस्या छ ।’ क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि कसैले चासो नदेखाएको उनले बताए।

प्रतिक्रिया