दैलेखका १४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ

दैलेखका १४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ

दैलेख जेठ १७: दैलेखका १४ जनामा कोरोना भाइरसको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। पीसीआर परीक्षणका लागि सुर्खेत र दैलेखबाट नमुनाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो। 

दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का २८, २५ र ३५ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर १० का १७ र २० वर्षीय पुरुष, वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नम्बर ८ को २०/२० वर्षीय पुरुष, वडा नम्बर ११ का २७ र १८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५० र २३ वर्षीय पुरुष गरी १४ जनाको कोरोना भाइरस संक्रमण देखिएको हो। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनाको कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा नमुना पठाइएको बताइएको छ। यस अघि भारतबाट आएर दैलेखका विभिन्न क्वारेन्टाइनमा बसेका १६ जनामा कोरोना संक्रमित देखिएको थियो। कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका संक्रमितको संख्या ४६ छ। 

प्रतिक्रिया