कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

दैलेख जेठ १९ गते । कर्णाली प्रदेशमा दुई सुरक्षाकर्मीसहित ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेतमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएका ४३ गरी ७५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । जसमा दुई सुरक्षाकर्मी पनि रहेका छन् । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एकसय ९८ पुगेको छ । कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टिसँगै नेपालमा संक्रमितको संख्या १६ सय ४७ पुगेको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको पछिल्लो पीसीआर रिपोर्ट तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र ३४ वर्षीय दुई पुरुष सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पृष्टि भएको हो । 

दुई सुरक्षाकर्मीसहित जुम्लामा थपिएका ४३ नयाँ कोरोना संक्रमितमध्ये १९ जना जुम्ला र २४ जना दैलेखका हुन् । जसमा जुम्ला हिमा गाउँपालिका-१, ५, ६, ७ का ३६, ६३, २३, २६, २३, ४३, ४६ र ५९ वर्षीय पुरुष, जुम्ला सिंजा गाउँपालिका-३, ४, ५, ६ का २४, २३, २३, २१, २६, १६, ४५, ११, १२, ३४ र २७ वर्षीय पुरुष रहेका छन् । 
भने दैलेख दुल्लु नगरपालिकाकी २३ र ३० वर्षीया महिलासहित दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना संक्रमण पृष्टी भएको हो । यस्तै सुर्खेतमा परीक्षण गरिएकामध्ये दैलेख १७, सुर्खेतका ५ र सल्यानका १० जनामा कोरोना पृष्टी भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ । 

कर्णालीमा कुल कोरोना पृष्टि भएका एकसय ९८ जनामध्ये दैलेखका ८९, सुर्खेत ३४, सल्यान ३५, जुम्ला १९ (दुई प्रहरी संक्रमितसहित), कालिकोटका १८ र मुगुका एक जना रहेका छन् । कर्णालीमा हालसम्म कोरोनाका कारण दैलेखका एक जनाको मृत्यु भएको छ भने बाजुरा र बझाङ घर भएका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ। 

प्रतिक्रिया