रुकुम घटना छानविन गर्न संसदीय विशेष समिति गठन

रुकुम घटना छानविन गर्न संसदीय विशेष समिति गठन

फाइल तस्बिर ।

काठमाडौँ जेठ २६ । रुकुम पश्चिम, सोती घटना छानविन गर्न सांसद देवेन्द्र पौडेलको नेतृत्वमा संसदीय विशेष छानविन समिति गठन भएको छ । ९ सदस्यीय उक्त समितिले एक महिनाभित्र काम सम्पन्न गरिसक्नु पर्नेछ । सांसद मिनबहादुर विश्वकर्मा, दुर्गा पौडेल, पार्वतीकुमारी विशुंखे, प्रकास रसाइली, बिमला बिक, एकवाल मियाँ र रामसहायप्रसाद यादव समितिमा सदस्य रुपमा छन् ।

रुकुमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जाजरकोटका ४ दलित युवासहित ६ जनाको हत्या भएको घटनालाई लिएर कारवाहीको माग हुँदै आएको छ । जाजरकोटका २१ वर्षीय नवराज बिक कथित उपल्लो जातकी प्रेमिकासँग विवाह गर्न साथीहरु लिएर रुकुम जाँदा केटी पक्षका गाउँलेहरुले नवराज सहित ६ युवकलाई लखेटेर हत्या गरेको भन्दै अधिकारकर्मीहरुले कारवाहीको माग गर्दै आएका हुन् ।

गत जेठ १० गतेको उक्त घटनालाई लिएर राजधानी लगायत विभिन्न स्थानमा प्रदर्शन समेत भएका छन् । संसदमा समेत उक्त विषयमा प्रश्न उठेपछि सरकारलाई दबाब भएको थियो ।

प्रतिक्रिया