कर्णालीमा थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६ सय ७१

कर्णालीमा थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ६ सय ७१

सुर्खेत जेठ २७ गते । कर्णाली प्रदेशमा एकै दिन थप २० जना कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ।

परीक्षणका क्रममा  जुम्लाका थप दुईजनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ । यसअघि जुम्लामा २ सुरक्षाकर्मीसहित १९ जनामा कोरोना संक्रमण देखिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षण रिपोर्ट अनुसार जुम्ला हिमा गाउँपालिका ४ की ३५ वर्षीया महिला र तिला गाउँपालिका-२ का २८ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको पृष्टि भएको हो । 

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीले मंगलबार मात्रै कर्णालीमा थप २० जनामा कोरोना संक्रमण भएको पृष्टि भएको बताए ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षण रिपोर्टअनुसार सल्यान वनगाड कुपिण्डे नगरपालिकाका १२ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३, गुर्भाकोट नगरपालिका १ जनामा कोरोना संक्रमण भएको छ । 

भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा सल्यान कपुरकोट गाउँपालिकाका १ जना र सुर्खेत सिम्ता गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । कर्णालीमा हालसम्म ८ जना कोरोनाबाट निको भएर घर पर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ । यस्तै १० हजार बढीको पीसीआर परीक्षण गरिएको छ। हालसम्म २० हजार बढी क्वारेन्टाइन बसेका छन् ।  

प्रतिक्रिया