नेपाल कोरोना संक्रमितको संख्या सात हजार नाघ्‍यो

नेपाल कोरोना संक्रमितको संख्या सात हजार नाघ्‍यो

काठमाडौं असार ३ गते ।  बुधबार  एकै दिन पाँच सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बुधबार पाँच सय ८६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। योसँगै  संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ४९ हजार ७ सय ७२ र आरडीटी विधिबाट दुई लाख ३३ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गरिएको छ। संक्रमितको संख्या ७१ सय ७७ पुग्दा ११ सय ६७ जनाले कोरोना जितेका छन्।

अहिले क्वारेन्टाइनमा एक लाख २५ हजार ७ सय ९८ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार पाँच हजार ९ सय ९० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। बुधबार थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको हो। बाँकेकी ४६ वर्षीया महिलाको मृत्युपछि भएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । कोरोना संक्रमण ७३ जिल्लामा फैलिसकेको छ।  

 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नमुना परीक्षणमा ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा विराटनगरमा ११, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २७, नारायणी अस्पताल वीरगन्जमा ६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा २६५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा ९९, त्रीवी शिक्षण अस्पताल, महाराजगञ्जमा १,  
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २०, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही ५९, भेरी अस्पताल प्रयोगशाला ३२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा ३३, प्रादेशिक अस्पताल, सुर्खेतमा ४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा १४, सेती प्रादलेशीक अस्पतालमा ७  गरेर बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको हो।जसमध्ये ४० जना महिला छन् भने ५४६ जना पुरुष छन्।

प्रतिक्रिया