साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ (फोटोफिचर)

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ (फोटोफिचर)

दैलेख असार ५ गते । कोरोना भाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ । कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन बालबालिकालाई हात धुन उत्प्रेरित गर्दै हात धुन सिकाईएको छ । भैरबी गाउँपालिका–४ को बाल क्लबमा आबद्ध बालबालिकालाई साबुन पानीले मिचि हात धुन सिकाईएको हो । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाले उक्त कार्यक्रम सञ्चालन गरेको हो । बालबालिकाले बाल श्रमलाई नाईँ भनौँ, गुणस्तरिय शिक्षामा जोड दिएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् ।

प्रतिक्रिया