एकै दिन ४२६ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुग्याे

एकै दिन ४२६ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुग्याे

काठमाडौं असार ५ गते ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या आठ हजार नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबार मात्र ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार नाघेको हो। कुल संक्रमितको संख्या आठ हजार दुई सय ७४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा २१६ जना डिस्चार्ज भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७ सय ५९ र आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ। 

अहिले क्वारेन्टाइनमा एक लाख ९ हजार चार सय ६१ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार ६ हजार आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।  २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्। 

प्रतिक्रिया