पछिल्लो २४ घन्टामा ३३१ संक्रमित थपिए, १७६ जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा ३३१ संक्रमित थपिए, १७६ जना डिस्चार्ज

काठमाडौँ असार ६ गते । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । यो सँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।प्रवक्ता गौतमले गएको २४ घन्टामा १ सय ७६ जना डिस्चार्ज भएको पनि जनाए ।

प्रतिक्रिया