पत्रकारलाई मनघरी फाउन्डेशनद्धारा स्वास्थ्य सामग्री र प्रेस ज्याकेट सहयोग

पत्रकारलाई मनघरी फाउन्डेशनद्धारा स्वास्थ्य सामग्री र प्रेस ज्याकेट सहयोग

दैलेख असार ६ गते ।
मनघरी फाउन्डेशनले दैलेख जिल्लामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुलाई स्वास्थ्य सामग्री र प्रेस ज्याकेट उपलब्ध गराएको छ । फाउन्डेशनले जिल्लाका ३० जना पत्रकारहरुलाई एन नाइन्टी फाइभ मास्क, सेनीटाइजर र प्रेस ज्याकेट उपलब्ध गराएको हो । शनिवार राष्ट्रपतिको स्वकीय उपसचिव एवं फाउन्डेशनका सल्लाहकार दिपा शर्मा, वीर अस्पतालका उपनिर्देशक एवं फाउन्डेशनका सल्लाहकार डा.रविन खड्काले नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीलाई उक्त स्वास्थ्य सामग्री र प्रेस ज्याकेटहरू हस्तान्तरण गरे । फाउन्डेशनद्धारा सहयोग गरिएको स्वास्थ्य सामग्री र प्रेस ज्याकेट पत्रकार महासंघले पत्रकारहरुलाई उपलब्ध गराएको छ । फाउन्डेशनका अध्यक्ष भरतबन्धु थापाले स्वास्थ्य सामग्री र प्रेस ज्याकेटले पत्रकारहरूलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताए । थापाले पत्रकार महासंघमार्फत पत्रकारहरूलाई सहयोग गर्न पाएकोमा खुसीसमेत व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले फाउन्डेशनले प्रदान गरेको स्वास्थ्य सामग्री र प्रेस ज्याकेटले पत्रकारहरूलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताए । उनले ज्याकेट सहयोगको लागि फाउन्डेशनलाई धन्यवाद समेत ज्ञापन गरे । अध्यक्ष केसीले सुरक्षा सावधानी अपनाएर समाचार संकलन गर्न पत्रकारहरुलाई आग्रह गरे ।
सोहि अबसरमा वीर अस्पतालका उपनिर्देशक एवं फाउन्डेशनका सल्लाहकार डा.रविन खड्काले कोरोना भाइरसलाई हाउगुजीको रुपमा नलिन आग्रह गरे । राष्ट्रपतिको स्वकीय उपसचिव फाउन्डेशनका सल्लाहकार दिपा शर्माले कोरोनाको भय कम गर्नुपर्नेमा जोड दिइन् । दैलेख प्रयोगशालामा इन्चार्ज शंकर शाहीले अबको तीन दिन भित्रै दैलेखमै कोरोना परिक्षण सुरु हुने जनाए । उनले दैनिक एक सय बढि पीसीआर परिक्षण गरिने बताए ।
मनघरी फाउण्डेशन विगत आधाद शक भन्दा बढी देखि पश्चिम नेपालमा पर्यटन क्षेत्रमा क्रियाशिल छ । शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा क्रियाशिल रहेको फाउण्डेशनले कुनैपनी संघ संस्थाहरुसंग सहकार्य नभएर फाउण्डेशका सदस्यहरु बिच आर्थिक जोहो गर्र्द कार्यक्रमहरु गर्दै आएको छ ।
विगतमा फाउण्डेशनको अगुवामा दैलेख, सुर्खेत, नेपालगन्ज, काठमाण्डौ र भक्तपुरमा पश्चिम नेपाल तथा बिशेष गरी कर्णाली प्रदेशको पर्यटन क्षेत्रको उजागर गर्ने गर्दै आएको छ । फाउण्डेशनको अगुवाईमा गन्तव्य कर्णाली फोटो पुस्तक, बर्दियाको पर्यटकीय नक्शा प्रकाशित भईसकेको छ । नेपालमा कोरोनाको प्रभाव परे लगतै दैलेखी सेवा समाजसँग सहकार्य गरेर दैलेख जिल्लाका सबै स्थानिय निकायहरुलाई दुई पटक स्वास्थ्य सामाग्री पठाई सकेको छ । डोल्पाका सबै स्थानिय तहमा पनी स्वास्थ्य सामग्री पठाई सकेको फाउन्डेशनले जनाएको छ । अहिले हुम्लाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्रहरु पीपीई सेट, मास्क, साबुन, फेसील सेट लगाएतका सामाग्री पठाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया