१६ महिने बालिकामा कोरोना संक्रमण, दैलेखमा संक्रमितको संख्या ७ सय ८ पुग्यो

१६ महिने बालिकामा कोरोना संक्रमण, दैलेखमा संक्रमितको संख्या ७ सय ८ पुग्यो

दैलेख असार ६ गते । दैलेखमा १६ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ। महाबु गाउँपालिका-३ की १६ महिने शिशुसहित शनिबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा संक्रमण देखिएको हो। 

भैरवी गाउँपालिकाका तीन, गुराँस गाउँपालिकाका एक, महाबु गाउँपालिकाका १२, नौमूले गाउँपालिकाका एक र नारायण नगरपालिकामा दुई जनामा कोरोना संक्रमण देखिएको हो।  योसँगै दैलेखमा कोरोना संक्रमितको संख्या ७ सय ८ जना पुगेको छ। 

कोरोना संक्रमित मध्ये नारायणमा दुई सय एक, दुल्लुमा ७४, चामुण्डामा ३, आठबीस नगरपालिकामा २१ तथा ठाटीकाँधमा ३, भैरबीमा १५, महाबुमा एक सय ६३, नौमूलेमा एक सय ४१, भगवतीमाईमा ११, डुङ्गेश्वरमा ६८ र गुराँस गाउँपालिकामा ८ जना छन्। ती मध्ये ३३ महिला सहित ३३४ जना संक्रमितलाई घर पठाइएको छ। यी मध्ये अधिकांशलाई दोस्रो पटक परीक्षण नगरी डिस्चार्ज भएका हुन्। जिल्लामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक जना छ। 

दैलेखमा कोेरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारीमा कोरोना संक्रमण देखिएको रेग्मीले बताए। 

प्रतिक्रिया