दैलेखका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

दैलेखका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

हिक्मतबहादुर नेपाली
दैलेख असार ९ गते ।

कोरोना पोजेटिभ देखिएको दैलेखका एक जनाको मृत्यु भएको छ । दुल्लु नगरपालिकाका –३ का ४५ बर्षीय ती व्यक्तिको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत उनको सोमवार राती मृत्यु भएको अस्पतालका निर्देशक डा.डम्बर खड्काले बताए । निर्देशक डा. खड्काका अनुसार उनि क्षयरोगबाट थलिएका थिए । अस्पतालमा भर्ना गरिसकेपछि स्वाब संकलन गरि पीसीआर परिक्षण गरिएको थियो । पीसीआर परिक्षणमा उनलाई कोरोना संक्रमण देखिएको निर्देशक डा. खड्काले जनाए । क्षयरोगका बिरामी समेत रहेका ती व्यक्तिलाई दैलेखको दुल्लुबाट गत जेठ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । ‘अस्पतालमा आउँदा नै ती व्यक्तिको अवस्था गम्भिर थियो, हामीले आईसीयूमा राखेर उपचार गरिरहेका थियौ,’ डा.खड्काले भने ‘क्षयरोगी समेत भएकोले कोरोना संक्रमणले थप समस्या निम्त्यायो ।’
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसैबिच कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कोरोना संक्रमितको संख्या एक हजार तीन सय सात पुगेको छ । बुधवार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका १९, सुर्खेतका ५ र कालिकोटका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
स्वास्थ्य सेवा माहाशाखाका अनुसार कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३३ र सबैभन्दा कम डोल्पा र रुकुम पश्चिममा १÷१ तथा मुगु र हुम्लाका २÷२ जनामा कोरोना पृष्टी भएको छ । यस्तै सल्यानका १ सय ७३, सुर्खेतका ३ सय २, जाजरकोट १०, कालिकोट ४३, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका आईसोलेसनबाट ५ सय ६० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया