गिठ्ठाले छाक टार्दै आएका बसन्तपुरबासीलाई आइडियाको सहयोग

गिठ्ठाले छाक टार्दै आएका बसन्तपुरबासीलाई आइडियाको सहयोग

सुर्खेत असार ११ गते ।
कालापहाडको कमाईले बराहताल गाउँपालिका–६ बसन्तपुरबासीको भोक मेट्छ । कोरोना भाइरसको संक्रमणका कारण भईरहेको बन्दाबन्दी (लकडाउन) ले थाकल र गिठाले दैनिक छाक टार्दै आएका बसन्तपुरबासीले खाद्यान्न सहयोग पाएका छन् । लकडाउनका कारण कमाउन गएकाहरु नफर्केपछि अन्न खाद्यान्न अभाव झेल्दै आएका बसन्तपुरबासीले सहयोग पाएका हुन् । जंगलको गिठा र खजुरीले छाक टार्न बाध्य बसन्तपुरबासीका लागि विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपाल सुर्खेतले खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।


बस्तीका ८० घरपरिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराईएको आइडीया नेपालका अध्यक्ष रचना सुनारले जानकारी दिइन् । प्रतिपरिवार ३० केजी चामल, डेढ केजी दाल, २ केजी आलु, २ पोका तेल, ५ केजी हरियो तरकारी, एक प्याकेट पीठो, १ प्याकेट नुन, खुर्सानी र मसला प्रदान गरिएको अध्यक्ष सुनारले बताइन् । ‘हामीले बसन्तपुरबासी खाद्यान्न समस्या झेलिरहेको जानकारी पायौ,’ सानो भएपनि उक्त बस्तीका परिवारको चुल्हो बाल्न सहयोग गरेका हौ,’ अध्यक्ष सुनारले भनिन् । लकडाउनकै कारण बिहान बेलुका छाक टार्न समस्या परेका परिवारलाई खाद्यान्न सहयो उपलब्ध गराएको अध्यक्ष सुनारको भनाई छ ।
बुधवार संस्थाका सचिव राज विश्वकर्मा, वडासदस्य नेत्रबहादुर कार्की लगाएतको टोलीले खाद्यान्न वितरण गरेको छ । मनकारी संस्थाले बसन्तपुर गाउँमै आएर खाद्यान्न सामाग्री वितरण गर्दा निकै हर्षित भएको स्थानीयको भनाई छ । ‘मनकारी संस्था आइडीया नेपाललाई धन्यवाद छ, बराहताल गाउँपालिका–६ बसन्तपुरकी झुपा सुनारले भनिन् ।

प्रतिक्रिया