सोसेकद्धारा नौमूले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सोसेकद्धारा नौमूले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दैलेख असार १९ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले नौमूले गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरेको छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको हो । गाउँपालिकामा रहेका स्वास्थ्य संस्था, क्वारेन्टाइन तथा आइसोलेसनका लागि गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरिएको हो । सर्जिकल मास्क, एन नाइन्टी फाइभ मास्क, सेनीटाइजर, हातधुने साबुन, कोलोरीन, ग्लोब्स, स्प्रे ट्यांकी, नर्मल मास्क सहयोग गरिएको संस्थाका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले बताउनुभयो ।
शुक्रवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष सिता कुमारी रानाले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालालाई सामग्री हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरणसँगै गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री उपलब्ध गराउने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । कोरोनाविरुद्ध लड्न संस्थाले गाउँपालिकालाई सहयोग गरेको पूर्वअध्यक्ष रानाले बताउनुभयो । उक्त सामग्रीहरु स्वास्थ्यकर्मी, क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नुभएको व्यक्तिहरुलाई सहयोग पुग्ने उहाँको भनाई छ ।

प्रतिक्रिया