सन्तोषीले दिइन जन्मदिनमा शैक्षिक सामग्री

सन्तोषीले दिइन जन्मदिनमा शैक्षिक सामग्री

दैलेख साउन १९ गते ।
बाजुराकी सन्तोषी शाहले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी छिन् । उनले दैलेखको गुराँस गाउँपालिका भित्रका ६ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी हुन् । गुराँस गाउँपालिका वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का २ जना र वडा नम्बर ८ का २ जनालाई शैक्षिक सामग्रीहरु सहयोग गरेको शाहले बताइन् । आर्थीक अवस्था कमजोर भएका विपन्न तथा जोखिममा परेका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु झोला, कापी लगाएतका सामग्रीहरु सहयोग गरेको शाहको भनाई छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अनुगमन, मुल्यांकन, जवाफदेहिता र सिकाई (मिल) संयोजक समेत रहेकी शाहले जोखिममा परेका बालबालिकाहरुलाई केहि राहत प्रदान गर्नका लागि शैक्षिक सामग्री वितरण गरेको उल्लेख गरिन् । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, वडाध्यक्षहरु हिमबहादुर ओली, पूर्णबहादुर ओली लगाएतको उपस्थितीमा सोमवार शैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया