मौषमी बसाईसराई न्यूनिकरण गर्न सरोकारवालासँग अन्तरक्रिया

मौषमी बसाईसराई न्यूनिकरण गर्न सरोकारवालासँग अन्तरक्रिया

दैलेख साउन २९ गते ।
दैलेखको भैरबी गाउँपालिकामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मौषमी बसाईसराई न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका विषयक एक दिने अन्तरक्रिया सम्पन्न भएको हो । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बालअधिकार प्रवद्र्धन आधार परियोजनाको आयोजना तथा भैरबी गाउँपालिकाको समन्वयमा अन्तरक्रिया गरिएको हो । भैरबी गाउँपालिका वडा नम्बर ६ र ७ का युवा क्लबका पदाधिकारीहरु तथा जनप्रतिनीधिबीच अन्तरक्रिया गरिएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले जानकारी दिइन् ।
भैरबी गाउँपालिका ६ का वडाध्यक्ष डिल्लीराम पुरीको अध्यक्षतामा भएको अन्तरक्रियामा बसाईसराई र बसाईसराई न्यूनिकरणमा सरोकारवाला निकायहरुको भूमिकाबारे छलफल गरिएको थियो । सामाजिक परिचालक नेपालीका अनुसार अन्तरक्रियामा बसाईसराईका कारण, बसाईसराई किन गरिन्छ, बसाईसराई गर्दा ध्यान दिनुपर्ने विषयहरु, वैदेशिक रोजगारमा जाँदा ध्यान दिनुपर्ने कुराहरु, वैदेशिक रोजगारमा जाँदा कसरी सुरक्षित रहने, सरुवा रोगबाट कसरी बच्ने लगाएतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया