कालिकोटमा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

दैलेख साउन ३० गते । निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेको हो।  

सिंहका अनुसार पहिरोमा परेर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको छ।  यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुई जना घाइते भएका छन्।

प्रतिक्रिया