आइसोलेसन अस्पताललाई सहयोग

आइसोलेसन अस्पताललाई सहयोग

सामग्री सहयोग हस्तान्तरण गरिँदै । तस्विर : हिक्मतबहादुर नेपाली ।


हिक्मतबहादुर नेपाली
दैलेख भदाै १ गते ।
भवनमा पानी चुहिने, खानेपानी, शौचालय अभाव लगाएतका समस्या झेलिरहेको आइसोलेसन अस्पतालमा फुट अपरेटर धारा जडान गरिएको छ । जिल्लाको नारायण नगरपालिका–८ तर्ताङ स्थित स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालित आइसोलेसन अस्पतालमा खुट्टाको सहयोगले धारा खोलेर हात धुन मिल्ने प्रविधि जडान गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खुट्टाद्धारा खुल्ने धारा र त्यसमाथी ट्यांकी जडान गरिएको छ । डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उक्त प्रविधिको धारा जडान गरेको हो ।
संस्थाले आइसोलेसन अस्पतालमा ५५ वाटको सोलार समेत जडान गरेको छ । यस्तै इन्टरनेट जडान गरिएको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । ३० एमबीपीएस क्षमताको इन्टरनेट जडान गरिएको श्रेष्ठले बताए । कोरोना संक्रमित भई आइसोलेसनमा उपचाररत बिरामीहरुलाई लक्षित गरेर धारा, सोलार र इन्टरनेट जडान गरिएकको उनले बताए । उनका अनुसार आइसोलेसन अस्पतालमा संस्थाले एक लाख २० हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको हो ।


संस्थाले आइसोलेसन अस्पतालमा स्वास्थ्य तथा सरसफाईका सामग्री समेत उपलब्ध गराएको छ । एक सय थान सेनीटाइजर, २४ थान टाबेल, एक सय वटा एन नाइन्टी फाइभ मास्क, १५ वटा डस्बिन , २४ वटा झुल, पाँच वटा फिल्टर, आठ वटा थर्मस, तीन सय थान सर्जिकल मास्क, पाँच सय थान ग्लोब्स र २४ पोलर ब्लेन्केट प्रदान गरेको हो ।
सोमवार आइसोलेसन अस्पतालमा सामग्री हस्तान्तरण गरिएको छ । संस्थाका कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले स्वास्थ्य सेवा कार्यालय दैलेखको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीलाई सामग्री हस्तान्तरण गरिन् । सोहि अबसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शर्माले माहामारीको समयमा कोरोना अस्पताललाई अत्यावश्यक सामग्री उपलब्ध गराउने संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले अस्पतालमा पर्याप्त पानीको व्यवस्थापन गरिने बताए । हाल उक्त आइसोलेसन अस्पतालमा १८ जना कोरोना संक्रमितहरु उपचाररत छन् ।

प्रतिक्रिया