दैलेखमा पहिरो : ७ घर बगायो, दुईको मृत्यु, एक वेपत्ता

दैलेखमा पहिरो : ७  घर बगायो, दुईको मृत्यु, एक वेपत्ता

 दैलेख भदाै ३ गते । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा पहिरोले ७ वटा घर बगाएको छ । पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता र ६ जना घाईते भएका छन् । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –४ का १२ बर्षिय जनक कठायत रहेका छन् । मृतकका बुबा ४२ बर्षिय टिका कठायत,आमा ४० बर्षिया धनसरा कठायत,दिदी १७ बर्षिया बेल कठायत,दाजु १५ बर्षिय शम्शेर कठायत घाईते भएको वडानं ४ वडाअध्यक्ष रमेश सिजापति बताए । ‘हामीले पहिरो गएको खबर २ बजे पाउने वित्तिकै उद्धार ग¥यौं । एकजनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।’ उनले भने ।

वेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ बर्षिय लोकेश कठायत रहेका छन् । लोकेश पहिरोमै बेपत्ता भएको स्थानीयबासी बताउँछन् । मृतक सँगै थिए, लोकेश भाग्ने क्रममा पहिरोले पुरिएको हुन सक्ने वडाअध्यक्ष सिजापतीले बताए । पहिरामा परि सोही ठाउँका ३४ बर्षिय महेन्द्र शाही २३ बर्षिय गम्म नेपाली घाईते भएका छन् ।

यस्तै पुर्वीभागमा पर्ने भगवतीमाइ गाउँपालिका –५ कट्टीमा पहिरोले घर पुरिंदा ६६ वर्षीय बलबहादुर रावतको  मृत्यु भएको छ ।

प्रतिक्रिया