गैरागाउँ पहिरो : वडा कार्यालयद्धारा सहयोगको अपिल

गैरागाउँ पहिरो : वडा कार्यालयद्धारा सहयोगको अपिल

दैलेख भदौ ४ गते ।
दैलेखको ठाँटिकाँध गाउँपालिका ४ नं. वडा कार्यालयले राहतका लागी सहयोग गर्न अपिल गरेको छ । भदौ २ गते राति ११ बजेतिर परेको अबिरल वर्षा पछि गएको पहिरोमा परी ठुलो धनजनको क्षति भएको भन्दै राहतका लागी सहयोग गर्न अपिल गरेको हो । वडाध्यक्ष रमेश सिजापतिले एक प्रेस विज्ञप्ती जारी गर्दै भदौ २ गते राति गएको पहिरोमा परी एक जनाको ज्यान गएको, एक जना अझै बेपत्ता रहेको र ६ जना घाईते भएकोले पिडित परिवारका लागी राहतका लागी अपिल गरेका हुन् ।
वडाध्यक्ष सिजापतिले प्रेस विज्ञप्ती मार्फत पिडित परिवारका लागी राहतका लागी पहल गर्ने वचन व्यक्त गर्दै विभिन्न संघ संस्था, राजनैतिक दल, समाजसेवी लगाएतलाई सहयोग गर्न अपिल गरेका छन् । उनले मृतकका परिवार प्रति समवेदना प्रकट गर्दै प्राकृतिक विपत्तिमा परी घरवार विहिन भएका नागरिकलाई नआत्तिन आग्रह समेत गरेका छन् ।
यस्तै ठाँटिकाँध गाउँपालिकाले भदौ २ गते राति गएको पहिरोमा परी मृत्यु भएका जनक कठायतको परिवार प्रति गहिरो समवेदना प्रकट गरेको छ । ठाँटिकाँध गाउँपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रवहादुर थापाले एक शोक वक्तव्य जारी गर्दै मृतक जनक कठायत प्रति श्रादान्जली व्यक्ति गरिएको छ । वक्तव्यमा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित वेपत्ता दानवहादुर कठायतका ११ वर्षिय छोरा लोकेश कठायतको खोजि कार्य तिब्र पारिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया