पहिरो पीडित परिवारलाई राहत वितरण

पहिरो पीडित परिवारलाई राहत वितरण

दैलेख भदौ ८ । दैलेखको ठाटीकाँध गाउँपालिकाका पहिरो तथा वर्षातका कारण घर भत्केर विस्थापित भएका घरपरिवारलाई राहत सामग्री  वितरण गरिएको छ ।  नेपाल रेडक्रस सोसाइटी र नेपाली कांग्रेसका आवद्ध नेताहरुले आर्थिक तथा राहत सामग्री सहयोग गरेका हुन् । नेपाल रेडक्रस सोसाइटीले गाउँपालिका भित्रका विभिन्न ठाउँका करीब १५ ओटा विस्थापित घरपरिवारलाई आवाश्यक सामग्री सहयोग गरेको छ । 

रेडक्रसले वडा नं–१ का १ परिवार, ३ का २ परिवार, ६ को १ र ४ को ११ ओटा पहिरो तथा घर भत्केर विस्थापित भएका परिवारहरुलाई आवाश्यक सामग्री आइतवार हस्तान्तरण गरिएको रेडक्रस सोसाइटीका ठाटीकाँधका संयोजक लवबहादुर शाहीले बताए । उनीहरुलाई पाल, लत्ता कपडा, भाँडाकुँडा वितरण गरिएको संयोजक शाहीले बताए । 

यस्तै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दिक्पाल कुमार शाहीले रू. ५० हजार, नेपाली कांग्रेस समन्वयन विभागका केन्द्रिय सदस्य शेरबहादुर शाहीले रू. ५१ हजार र युवा नेता वासुुदेव शर्माले १० हजार आर्थिक सहयोग गरेका छन्  । गत साउन १, १४, र भाद्र २ गते परेको अविरल वर्षाका कारण गाँउपालिकाका विभिन्न ठाउँमा पहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो ।

भदौं २ गतेको वर्षासँगै ठाटीकाँध गाउँपालिका –४ गैरागाउँमा आएको पहिरोले ७ ओटा घर बगाएको छ । पहिरोमा परेर दुई जना बालकले मृत्यु भएको छ भने ठूलो मात्रामा धनको समेत क्षति भएको छ । पहिरोले घर बगाएका पीडित परिवार आजभोली खुलाचौर त्रिपालमुनी बसिरहेका र कोही आफन्तको घरमा बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया