विपन्नलाई बाख्रा

विपन्नलाई बाख्रा


अछाम (बारला) भदाै १० गते । सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला पंचदेवल विनायक नगरपालिकाका विपन्न घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । विपन्न घरपरिवारलाई आत्मनिर्भर बनाउन र उनीहरूको जीवनस्तरमा सुधार ल्याउन बाख्रा वितरण गरिएको हो । डिसिए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित ‘गिफ्ट परियोजना’ ले बाख्रा वितरण गरेको हो ।
बाख्रापालन व्यवसायबाट अछामका ७ विपन्न घरपरिवार प्रत्यक्ष लाभ लिएका छन् । पंचदेवल विनायक नगरपालिका–८ बारलाको लाँलीगुराँस कृषक समुहमा आबद्ध ७ जना कृषकहरुलाई बाख्रा वितरण गरिएको संस्थाले जनाएको छ । उक्त समुहमा १९ जना सदस्य आबद्ध छन् । समुहले मध्ये ७ जना सदस्यलाई छनोट गरेको थियो । प्रति कृषक ५ वटाका दरले बाख्रा वितरण गरिएको हो । मंगलवार पंचदेवल विनायक नगरपालिकाका नगर उप–प्रमुख अम्बिका चलाउने, निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी, पशु सेवा शाखा संयोजक प्रेमप्रसाद जैसी, पंचदेवल विनायक नगरपालिका–८ का वडाध्यक्ष ताराप्रसाद खनाल लगाएतको उपस्थितीमा बाख्रा वितरण गरिएको छ ।


बाख्रा वितरणका अबसरमा बोल्दै नगर उप–प्रमुख अम्बिका चलाउनेले सोसेक नेपालले सञ्चालन गरेको क्रियाकलापहरुबाट कृषकहरुलाई व्यवसायिक बनाउन, आत्मनिर्भर बनाउन र जीवनस्तरमा सुधार ल्याउन सहयोग पुगेको बताइन् । वडाध्यक्ष ताराप्रसाद खनालले कृषकहरुले व्यवसायिक रुपमा बाख्रा पालन गर्नुपर्नेमा जोड दिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले बाख्रा पालन व्यवसायबाट मनग्य माम्दानी गर्न सकिने बताउँदै संस्थाले गरेको सहयोगबाट कृषकहरुलाई व्यवसायिकता तर्फ उन्मुख हुन आग्रह गरे । पशु सेवा शाखा संयोजक प्रेमप्रसाद जैसी विपन्न परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई धन्यवाद ज्ञापन गरे ।
संस्थाका अनुसार कृषकहरुलाई बाख्रापालनका लागि आधारभूत तालिमसमेत दिइनेछ । वितरण गरिएका बाख्राको बिमासमेत गरिने बताईएको छ । बाख्रा पालन सहयोग स्वरुप बाख्रा पाएका स्थानीयले बाख्रापालन मार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने बताएका छन् ।

पंचदेवल विनायक नगरपालिका–८ बारला गाउँ ।

प्रतिक्रिया