जुम्लाका सिडिओलाई कोरोना संक्रमण

जुम्लाका सिडिओलाई कोरोना संक्रमण

दैलेख भदाै १८ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापा सहित ६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख जिल्ला अधिकारी थापा सहित ६ जनामा कोरोना संक्रमण देखिएको हो । प्रमुख जिल्ला अधिकारी थापाले आफुलाई कोरोना संक्रमण भएकोबारे सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् ।
‘जनताको जीवनको सुुरक्षा गर्ने क्रममा काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेर कतव्र्य पालनाको शिलसिलामा कोरोना युद्धमा अहोरात्र खटिँदा कोरोना संक्रमित हुन पुगेको छु,’ उनले लेखेका छन् । उनि बिहीवारबाटै आइसोलेसनमा बसेका छन् । प्रमुख जिल्ला अधिकारी थापाले कार्यालयसँग सम्बन्धित अत्यावश्यक कामका लागि सहायक प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उपस्थित भएका ३० जनाको स्वाब संकलन गरिएको थियो । ती मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवारसम्म जुम्लामा एक सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया