‘सडक बालबालिका मुक्त राष्ट्र बनाउँछौ : प्रधानमन्त्री ओली

‘सडक बालबालिका मुक्त राष्ट्र बनाउँछौ : प्रधानमन्त्री ओली

फाइल तस्विर

काठमाडौँ भदौ २९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । प्रधानमन्त्री ओलीले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे । बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गर्नुहुँदै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताए ।
‘विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरेअनुरूप ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्) को गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको छ,’ प्रधानमन्त्री ओलीले भने । ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले ‘यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ, नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीबाट बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारेको चर्चा गर्दैै महामारी परास्त गर्दै बालबालिकाको भविष्य सुरक्षित गरिने विश्वास व्यक्त गरेका छन् ।, सङ्कटको यस घडीमा बाल अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले नैतिक आचरणमार्फत बालबालिकामा सकारात्मक ज्ञान सम्प्रेषण गर्न अभिभावकलाई अपिल गर्दै गरेका छन् ।

प्रतिक्रिया