राष्ट्रिय बाल दिवसमा बालबालिकालाई छात्रबृति

राष्ट्रिय बाल दिवसमा बालबालिकालाई छात्रबृति

दैलेख भदौ २९ गते ।
राष्ट्रिय बाल दिवसको अबसरमा नारायण नगरपालिकाका बालबालिकाहरुलाई छात्रबृति वितरण गरिएको छ । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका मनाइएको दिवसमा नारायण नगरपालिकाका ८ जना बालबालिकाहरुलाई छात्रबृति प्रदान गरिएको हो । दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा आयोजित कार्यक्रममा छात्रबृति वितरण गरिएको हो ।
एईआईएन लक्जेम्वर्ग, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको समन्वयमा नारायण नगरपालिकाद्धारा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठ, नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकत रेशमबहादुर बुढा, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगाएतले छात्रबृति वितरण गरेका हुन् । उक्त कार्यक्रममा बालबालिकाका हक अधिकार, बाल विवाह सम्बन्धिका पोस्टर पम्पेलेटहरु समेत प्रर्दशन गरिएको थियो ।

प्रतिक्रिया