‘सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउँछौ’

‘सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउँछौ’

दैलेख असोज २ गते ।
दैलेखमा ओझेलमा परेका समुदाय सिमान्तकृत र जोखिममा परेका महिलाबालबालिकालाई न्यायमा पहुँचमा पु¥याईने भएको छ । दैलेखका प्रतिनीधि सभामा प्रतिनिधित्व गर्ने सांसद, स्थानीय तहको न्यायिक समितिका पदाधिकारी, प्रहरी, गैसस महासंघ, पत्रकार महासंघ, नेपालबार एशोसियसन लगाएतले सिमान्तकृत र जोखिममा परेका महिला बालबालिकालाई न्यायमा पहुँच पु¥याउने सामूहिक प्रतिबद्धता जनाएका हुन् । प्रतिनीधि सभा सदस्य पार्वती बिशुन्के, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, नौमूले गाउँपालिकाका उपाध्यक्ष अमृता सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नैनबहादुर साँवद, नेपालबार एशोसियसन, दैलेखका अध्यक्ष माधवराज अधिकारी, गैसस महासंघ, दैलेखका अध्यक्ष महारुप खत्री, नेपाल पत्रकार महासंघ, दैलेखका अध्यक्ष चक्रके.सी., सामाजिक सेवा केन्द्र (सोसेक), दैलेखका कार्यवहाक अध्यक्ष टिका देवी जैसीले यस्तो प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

यूएनडिपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित न्यायँमा पहुँच परियोजनाले आयोजना गरेको सुलभ, द्रत तथा गुणस्तरिय न्यायीक सेवा प्रवाहका लागि स्थानीय सम्बाद कार्यक्रममा यस्तो प्रतिबद्धता जनाईएको हो । परियोजना लागु भएका महाबु र नौमूले गाउँपालिकाका अध्यक्ष तथा न्यायिक समितिका पदाधिकारीहरु सहितको सहभागितामा आयोजित कार्यक्रममा पाँच बुदे सामूहिक प्रतिवद्धता जनाईएको छ ।

उनिहरुले न्यायमा पहुँच पुग्न नसकेका वा ओझेलमा परेका समुदायका सिमान्तकृत, जोखिममा परेका महिला तथा बालबालिकाहरुको न्यायमा पहुँचका लागि आवश्यक चेतनामूलक तथा प्रसारप्रसारका क्रियाकलापहरु संचालन गर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै समुदायमा हुने गरेका जघन्य अपराध वा त्यस्ता अपराधसंग सम्बन्धित गतिबिधिलाई सुक्ष्म अध्ययन तथा निरुत्साहित गर्दै सत्य तथ्य, निष्पक्ष अनुसन्धान र कानूनी दायरामा ल्याउनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
त्यसैगरी कर्मचारी, स्वयमसेवक, वा कुनै पदाधिकारीले लैंगिक हिंसा, यौन हिंसा, कार्य स्थलमा हुने हिंसा, नैतिकपतन हुने फौजदारी कसूर जन्य अपराध गरेमा, निकाय तथा संस्थाको नीति नियम अनुसार दण्ड सजायका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको बताईएको छ । उक्त कार्यक्रममा समुदायमा न्यायमा पहुँचका लागि पत्रपत्रिका, लेख रचना, समाचार र विधुतिय संचार माध्यमबाट निश्पक्ष रुपमा प्रसार प्रसार गरी सचेतनाको जिम्मेवारी बहन गरी सबै पक्षलाई सूसुचित गर्ने प्रतिबद्धता जनाईएको छ । त्यस्तै सहभागिहरुले समुदायमा हुने बाल विवाह, बहुबिबाह, छाउपडी प्रथा, लैंगिक हिंसा तथा यौनजन्य हिंसाको विरुद्धका लागि एकताबद्ध भई आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया