बालबालिकालाई सेनेटरी प्याड निर्माण तालिम

बालबालिकालाई सेनेटरी प्याड निर्माण तालिम


दैलेख असोज १२ गते । दैलेखको महाबु गाउँपालिका–२ वडाखोलामा मर्यादित महिनावारी सम्बन्धि बालबालिकाहरुसँग दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राधा पौडेल फाउन्डेशनको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजना अन्तरक्रिया सम्पन्न भएको हो । बालबालिकाहरुलाई सेनेटरी प्याड निर्माण र महिनावारी भएको बेला प्रयोग गरिने सामाग्रीहरु प्रर्दशनीसहित जानकारी गराईएको छ । बालबालिकाहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धि सिप समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया