कोठामा मृत भेटिएकी महिलामा कोरोना पुष्टि

कोठामा मृत भेटिएकी महिलामा कोरोना पुष्टि

सुर्खेत असोज १५ गते । सुर्खेतमा मृत भेटिएकी एक महिलामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरस्थित पीपीरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया महिला मंगलवार मृत भेटिएकी थिइन् । कोठामै मृत भेटिएकी उनको बुधबार स्वाव परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।जनस्वास्थ्य सेवा कार्यालयका सुर्खेतका अनुसार उनको स्थायी घर सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ हो । उनी वीरेन्द्रनगर–११ पीपीरामा कोठा भाडामा बस्दै आएकी थिइन् । कोठामै मृत भेटिएपछि उनको शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणपछि बुधबार पोजिटिभ रिपोर्ट आएको हो। मृतक महिलाको बिहीबार दाहसंस्कार गरिएको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।  योसँगै सुर्खेतमा कोरोना पोजिटिभ देखिएका मृतकको संख्या तीन पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा मृत्युअघि र मृत्युपछि कोरोना पुष्टि भएर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । जसमा सुर्खेत र दैलेखमा तीन/तीन जना र डोल्पाका एक जना छन् । 

प्रतिक्रिया