जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका सिल

जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका सिल

दैलेख असोज १५ : जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेखको गुराँस गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न विद्यालयका शिक्षकमा समेत कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम चौलागाईका अनुसार आगामी असोज २२ गतेसम्म (एक हप्ताका लागि) गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु बन्द गरिएको हो । 

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्ला घर कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुनेको संख्या एक हजार एक सय १० जना पुगेको छ । ती मध्ये एक हजार एक सय ४ जना निको भइ डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

दैलेखमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको थियो ।  हालसम्म जिल्लाभर ८ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । यस्तै १३ हजार २ सय ४२ जनाको आरडीटी परीक्षण गरिएको छ। 

प्रतिक्रिया