२ हजार ७१ जनामा काेराेना संक्रमण पुष्टि,२२ जनाको मृत्यु

२ हजार ७१ जनामा काेराेना संक्रमण पुष्टि,२२ जनाको मृत्यु

काठमाडौं असाेज २५ गते ।  पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र १४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । 

प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेशनमा १७  हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालका दुई मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।  

प्रतिक्रिया