साबुन पानीले हातधुने एक महिने अभियान

साबुन पानीले हातधुने एक महिने अभियान

दैलेख असाेज २८ गते । जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । पछिल्लो समय आम सर्वसाधरणसँगै जनप्रतिनीधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि हुने क्रम उच्च छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार बुधवारसम्म दैलेखमा एक हजार एक सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये एक हजार एक सय १४ जना निको भईसकेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६५ जना रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । कोरोना संक्रमणबाट बच्न मास्कको सावधानीपूर्वक प्रयोग गर्न, साबुनपानीले नियमित रूपमा हात धुन, सेनीटाइजर प्रयोग गर्न, भीडभाडमा नजान, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजान सरकारले आग्रह गरिरहेको छ । यद्धपी आमसर्वसाधरणहरु भने हेलचक्राई गरिरहेका छन् ।
यस्तो अवस्थामा साबुन पानीले हातधुने एक महिने अभियान सञ्चालन गरिएको छ । ‘हातको सरसफाई सबैको लागि, साबुन पानी हात सधै साथ साथ, सफा र स्वच्छ हात कोरोना बिरुद्ध सवैको साथ’ भन्ने नारा सहित साबुन पानीले हात धुने अभियान संचालन गरिएको हो । कोरियन रेडक्रसको सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखद्वारा संचालित समावेशी खानेपानी, सरसफाई तथा स्वच्छता प्रबद्र्धन परियोजनाले नौमुले गाउँपालिका – ३ द्वारीमा अभियान सञ्चालन गरेको हो ।
नौमूले गाउँपालिकाको सहकार्यमा साबुन पानीले हातधुने अभियान संचालन भईरहेको बताइएको छ । उत्प्रेरक एवं फिल्ड सुपरभाईजरहरुको सहजीकरणमा साबुन पानीले हातधुने अभियान संचालन भईरहेको छ । हालसम्म द्वारीका ९ वटै बस्तिका २३ टोलहरुमा कार्यक्रम आयोजना गरिएको छ । आजको लागि मात्र नभई सधैको लागि पनि व्यक्तिगत सरसफाई, व्यक्तिगत दुरी कायम गर्ने, स्वास्थ्य बद्र्धक खानपान, भिडभाडमा नजाने आदि मात्र कोरोना संक्रमणबाट बच्ने उपाए हुने भएकाले पनि अभियानलाई तिब्रता दिइएको कार्यक्रम संयोजक हिरासिंह विश्वकर्माले बताए ।
२०७६ असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो । खुला दिसा मुक्त पछिको अवस्था भनेको सरसफाइ र व्यक्तिगत स्वच्छता प्रबद्र्धन गर्नु हो । यसका साथै प्रत्येक वर्ष अक्टोबर १५ लाई विश्वभरी नै विश्व हातधुने दिवसका रुपमा सरसफाई र स्वच्छता सम्बन्धि सचेतनामूलक गतिविधिहरु मार्पmत चेतना अभिबृद्धि गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल सरकारले यहि असोज १३ देखि आगामी कात्तिक १४ गते सम्मको अवधिलाई ‘साबुन पानीले हातधुने एक महिने अभियान’ घोषणा गरेको थियो ।

प्रतिक्रिया