दैलेख सदरमुकामका होटल, चियानास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

दैलेख सदरमुकामका होटल, चियानास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

फाइल तस्विर

दैलेख असाेज ३० गते । स्थानीय प्रशासनले दैलेख सदरमुकामका होटल, चियानास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन दिएको छ । शुक्रवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकामका होटल, चियानास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन दिएको हो । सूचनामा कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरु ठूलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि होटल, चियानास्ता पसल र रेष्टुरेन्टहरु तत्कालका लागि बन्द गर्न भनिएको छ ।
विश्वव्यापी रुपमा फैलिईएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र जिल्लागत संरचनाको बैठकको निणर्य अनुसार कोरोना संक्रमण पुष्टि भएका व्यवसाय गर्ने व्यवसायी र व्यवसायीको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्ण रुपमा बन्द गर्नुपर्नेछ । फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सर्तकता मापदण्ड अनिवार्य प्रयोग गर्ने तथा अनिवार्य रुपमा व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।
हेरौ यस्तो छ सूचना ।

प्रतिक्रिया