सहयात्राले दियो चार सय भीटिएम किट र एक सय सेट पिपिई

सहयात्राले दियो चार सय भीटिएम किट र एक सय सेट पिपिई

दैलेख कात्तिक २१ गते ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गुराँस गाउँपालिकालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारमा सघाउने उद्देश्यले भीटिएम किट र व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । बिहीवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेका छन् ।
पीसीआर परीक्षणका लागि चाहिने चार सय वटा ‘भीटिएम’ किट, एक सय सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र पाँच सय एमएलको ५५ वटा सेनीटाइजर लगाएत अन्य स्वास्थ्य सामग्रीहरु गाउँपालिकालाई उपलब्ध गराईएको कार्यक्रम निर्देशक विसीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न स्थानीय सरकारलाई मद्धत गर्ने उदेयश्ले गाउँपालिकालाई सामग्री प्रदान गरिएको उनको भनाई छ ।

प्रतिक्रिया