लागुऔषध सहित दुई पक्राउ

लागुऔषध सहित दुई पक्राउ

दैलेख कात्तिक २२ गते ।
दैलेखको आठबीस नगरपालिकाबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० बर्षिया दिपेन्द्र कुमार घर्ति र विरेन्द्रनगर नगरपालिका –३ एरीचोकका २० बर्षिया आरोशी पुलामी मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । स्थानिय बजारमा प्रहरी चौकी पाल्तडाबाट प्रहरी सहायक निरिक्षक थुम बहादुर घर्तीको कमाण्डमा गस्ति खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनिहरु रामघाट स्थित कर्णाली राजमार्गमा शंकास्पद अवस्थामा संगै हिँडिरहेका थिए । शंकास्पद देखेर खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो । झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०÷१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १०÷१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि–कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो पलाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोईन फेला परेको थियो । उनिहरुलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान थालिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया