कोरोना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण र उपचार बीमा रकमबाट बेहोरिने

कोरोना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण र उपचार बीमा रकमबाट बेहोरिने


दैलेख : कुनैपनि बीमा कम्पनीबाट कोरोना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण र उपचारमा शुल्क लाग्ने भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ परीक्षण तथा उपचारका सम्बन्धि सूचनामा कुनैपनि बीमा कम्पनीबाट कोरोना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण र उपचारमा शुल्क लाग्ने उल्लेख गरिएको छ ।
मन्त्रालयले नेपाल सरकार मन्त्री परिषद्को २०७७ कात्तिक २४ गते को निणर्यल अनुसार कोभिड १९ परीक्षण तथा उपचार सम्बन्धि सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा नेपाल सरकारले कोभिड १९ को परीक्षण र उपचार गर्न सुचिकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोभिड १९का लक्षण चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार निशुल्क गर्न भनिएको छ ।
तर, कुनैपनि बीमा कम्पनीबाट कोरोना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण र उपचार बिमा रकमबाट बेहोरिने उल्लेख छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा हस्ताक्षरित सूचनामा सक्षम, इच्छुक र योगदान गर्न चाहानेले परीक्षण र उपचारमा योगदान गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया