गुराँस गाउँपालिकालाई १० सेट हस्पिटल बेड सहयोग

गुराँस गाउँपालिकालाई १० सेट हस्पिटल बेड सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गुराँस गाउँपालिकालाई १० सेट बेड सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिरामीको उपचारलाई लक्षित गर्दैै १० सेट हस्पिटल बेड सहयोग गरिएको हो । कोभिड–१९ बिरामीको उपचारलाई मध्यनजर गर्दै बेड सहयोग गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले जानकारी दिए ।
बिहीवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले गाउँपालिकाका अध्यक्ष खेमराज ओलीलाई बेड हस्तान्तरण गरेका छन् । हस्पिटल बेड हस्तान्तरणका क्रममा गाउँपालिकाका अध्यक्ष ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकाले विभिन्न प्रयासहरु गर्दै आएको बताए ।
अध्यक्ष ओलीले महामारीको समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे । उनले महामारीको समयमा निरन्तर सहयोग उपलब्ध गराउने परियोजनालाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज विसीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम एवं नियन्त्रणका लागि गाउँपालिकालाई निरन्तर सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया