केटालाई कैद कान्छीहरुलाई उन्मुक्ति !

केटालाई कैद कान्छीहरुलाई उन्मुक्ति !

दैलेख– घरमा श्रीमति छँदै अर्को विहे गर्ने पुरुष र कान्छी बन्न आउने महिला समेत दुबै जनालाई थुन्ने प्रष्ट कानूनी व्यवस्था छ । तर दैलेख जिल्ला अदालतले कान्छी बन्न आएकीहरुले उन्मुक्ति दिएको छ । त्यस्तो उन्मुक्ति पाउन सहयोगी बन्यो, प्राविधिक कारण ।
घरमा अर्को श्रीमति छन् भन्ने थाहा नपाईकनै दैलेखको सल्लेरी–५ का मनबहादुर शाहीसंग विहे गरेकी कालिकोटकी निरमाकुमारी बम र स्थानीय अवलपराजुल गाविस–५ का रबिकुमार बुढाकी कान्छी श्रीमति बन्न पुगेकी काठमाण्डौंकी मनिषा न्यौपानले अदालतबाट उन्मुक्ति पाएका हुन् ।
निरमाका बुबासंग कतारमा काम गर्ने क्रममा मनबहादुर शाहीले फोन नम्वर पाएर लुकीछिपी कुरा गर्दै प्रेम बढेपछि नेपाल फर्केपछि विहे गरेकामा मनबहादुरकी जेठी श्रीमति बिष्ना शाहीको जाहेरीले बहुविवाह मुद्दामा केटालाई २ वर्ष कैद र १० हजार जरिवाना अनि कान्छी बन्न आएकी निरमालाई अदालतले उन्मुक्ति दिएको हो ।
यस्तै गरी भारतको नागाल्याण्ड पढ्न गएकी काठमाण्डौंकी मनिषा न्यौपानलेलाई पनि भारतको अहमदावादमा काम गर्ने रबिकुमार बुढावीच ‘रंग नम्वर’ पर्न गर्न सुरु भएको मोवाइल कलपछि फेसबुकमा समेत सम्वादबाटै आक्रर्षणले विहे भएको विषयमा रबिकुमारकी जेठी श्रीमतिले बहुविवाह मुद्दामा पनि केटालाई २ वर्ष कैद र १० हजार जरिवाना अनि कान्छी बन्न आएकी मनिषाले कुनै सजाय भोग्न नपर्ने भएको हो ।
यी दुबै मुद्दामा घरमा श्रीमति छन् भन्ने थाहा नपाई कान्छी श्रीमतिलाई कुनै सजाय गर्नु नपर्ने र घरमा जेठी श्रीमति छन् भन्ने लुकाएको कारण आजै मात्र पुरुषहरुलाई चाहिं कैद र जरिवाना समेतको फैसला जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट भएको हो ।
उमेर पुगेका महिलालाई झुक्याई दोश्रो विहे गरेको देखिएकोले दुबै पुरुषलाई सजाय भएको र दोश्रो श्रीमति बन्न आएका ती महिलाले घरमा श्रीमति र छोरा छोरी छन् भन्ने थाहा नपाई आएका कारण सफाइ पाएका श्रेस्तेदार अधिकृत गोविन्द आचार्यले बताउनुभयो ।
यी दुबै मुद्दा गत महिना मात्र दैलेख जिल्ला अदालतमा परेका थिए । रबिकुमारले कान्छी श्रीमतिको रुपमा मनिषालाई भित्र्याए लगतै प्रहरीमा बहुविवाह जाहेरी दिएकी उनकी जेठी श्रीमति पार्वती बुढाले हालै अदालतमा अंश सहितको सम्वन्ध विच्छेदको मुद्दा दिएकी छन् । पार्वती र रबिकुमारबाट २ वटा छोराछोरी छन् ।

प्रतिक्रिया