दैलेखकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

दैलेखकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

दैलेख : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दैलेख घर भएकी कोरोना संक्रमित ३८ वर्षिया महिलाको शनिबार मृत्यु भएको छ। दैलेख नारायण नगरपालिका–१ निवासी ती महिला गत ७ कात्तिकमा भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन्।  उनलाई त्यसको दुई दिनअघि दैलेखमा संक्रमण पुष्टि भएको थियो। जिल्ला अस्पताल दैलेखमा दुई दिन भर्ना भएकी उनलाई स्वास्थ्य झन् समस्या देखिएपछि ७ कात्तिकमा भेरी अस्पतालमा लगिएको थियो।

कोरोना संक्रमण पुष्टि भएको ५२ दिनपछि शनिबार दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ। लामो समयसम्म उपचार गर्दा केही ठिक भएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापाले बताए। 

प्रतिक्रिया