३ दिने नेतृत्व विकास तथा लेखा ब्यावस्थापन तालिम सम्पन्न

३ दिने नेतृत्व विकास तथा लेखा ब्यावस्थापन तालिम सम्पन्न

समुह तथा सहकारीको क्षमता विकास तथा आर्थिक पारदर्शिता पार्नका लागि नेतृत्व विकास तथा लेखा तालिम दैलेखको होटल पार्क ईन मा सम्पन्न भएको छ HVAP (2) HVAP (1)
सामाजिक सेवा केन्द्र(सोसेक)र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको संयुक्त आयोजनामा संचालन भएको उक्त तालिममा दैलेख जिल्लामा सम्भौता भई उप आयोजना संञ्चालन भएका विभिन्न मूल्य श्रृखला अन्तरर्गत समुह तथा सहकारीका कुल ४६ जना पदाधिकारी तथा लेखा ब्यावस्थापकको उपस्थिती रहेको थियो । तीन दिन सम्म संञ्चालन भएको उक्त तालिममा समुह तथा सहकारी नेता मुखी भन्दा पनि संस्थागत रुपमा संञ्चालन गर्नु पर्ने र विधान अनुसार कार्यन्वयन गर्नु पर्न वारेमा छलफल भएको थियो । गा्रमिण भेगमा संञ्चालन भएका समुह तथा सहकारीहरु अझैपनि ब्यावस्थित तरीकाले संञ्चालन गर्न नसकिएको र तालिमले ब्यावस्थित तरीकाले संञ्चालन गर्नका लागि टेवा पुयाउने महिला विकास कृषक समुह नाउलेकटुवाल का सचिव धर्म व. खड्का वताउनु हुन्छ । तीन दिन सम्म संञ्चालन भएको उक्त कार्यक्रममा प्रशिक्षक सहकारी डिभिजनका कार्यलय सुर्खेत का गणेश खड्का र गंगाराम दाहाल हुनुहुन्थ्यो । उक्त कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक पुस्कर प्रसाद शर्माले आयोजित कार्यक्रमको उदेश्य वारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया