सोसेकद्धारा नौमूले गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले जिल्लाको नौमूले गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने ती सामग्री संस्थाका कार्यकारी निर्देशक सुजन न्यौपानेले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई हस्तान्तरण गरेका हुन् । डिसिए नेपालको सहयोगमा संस्थाद्धारा सञ्चालित साकार परियोजनाले सामग्री सहयोग गरेको हो । मंगलवार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको हो ।
संस्थाका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाका अनुसार ५ वटा फुट अपरेटर धारा, १३ हजार पीस मास्क, ५० लिटर सेनीटाइजर कपडा धुने र नुहाउने साबुन, एननाइन्टीफाइभ मास्क, ब्रस, मनजन सहयोग गरिएको हो । त्यस्तै कोभिड–१९ बाट बच्ने उपाएबारेको जानकारी सहितको पोस्टर, डस्विन, फिल्टर तथा एक सय मिटर पिफर्म सहयोग गरिएको प्रशासन तथा लेखा अधिकृत सापकोटाले जानकारी दिए ।
स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गाउँपालिकालाई निरन्तर स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सहयोग गर्दै आईरहेको भन्दै खुसी व्यक्त गरे । संस्थाले विगत देखि नै गाउँपालिकालाई सहयोग गर्दै आएको बताउँदै अध्यक्ष बुढाले आगामी दिनमा समेत सहयोग गर्ने अपेक्षा राखेको उल्लेख गरे ।
प्रतिक्रिया