बाल विवाह गर्ने जोडी पक्राउ

बाल विवाह गर्ने जोडी पक्राउ

दैलेख : प्रहरीले बाल विवाह गर्ने एक जोडीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको नौमूले गाउँपालिका वडा नम्बर १ का १८ बर्षीया अमित सुनार र महाबु गाउँपालिका वडा नम्बर १ का १५ बर्षीया परिवर्तित नाम ६२ दैलेख घ ३० पक्राउ परेका हुन् । सुनार र परिवर्तित नाम ६२ दैलेख घ ३० ले बाल विवाह गरेको भन्ने परिवर्तित नाम ६२ दैलेख घ ३१ ले दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमूलेबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई अमित सुनारको घरमा विवाह गरी बसेको अवस्थामा पक्राउ गरेको हो । बुधवार पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा ल्याएपश्चात दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया