सोसेकद्धारा अस्पताल र नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सोसेकद्धारा अस्पताल र नारायण नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सेवा कार्यालय, दैलेख जिल्ला अस्पताल र नारायण नगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ । डिसीए नेपालको आर्थीक सहयोगमा संस्थाले स्वास्थ्य सेवा कार्यालय, दैलेख जिल्ला अस्पताल र नारायण नगरपालिकालाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरेको हो । मंगलवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले सामग्री हस्तान्तरण गरेका छन् ।


उपकार्यकारी निर्देशक श्रेष्ठले स्वास्थ्य सेवा कार्यालय दैलेका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. निरन्जन पन्तलाई सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सेवा कार्यालय, दैलेख अस्पताललाई नुहाउने साबुन २ सय वटा, हात धुने साबुन २ सय वटा, सर्जिकल मास्क ४ सय वटा, एन नाइन्टी फाइभ मास्क ५० वटा, सेनीटाइजर २५० एमएलको एक सय बोतल, सेनेटरी प्याड एक सय प्याकेट, ब्रस २५० वटा, मन्जन ५० सहयोग गरिएको हो । कोभिड अस्पताललाई लक्षित गर्दै स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको हो ।
यसैबिच मंगलवार नै नारायण नगरपालिकालाई पनि स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । संस्थाका अनुसार नारायण नगरपालिकालाई फुट अपरेटर धारा २ वटा, सर्जिकल मास्क १ हजार पीस, सेनीटाजर २५० एमएलको १० वटा सहयोग हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया