पुरानो घरायसी बदलाले भागरथीको हत्या

पुरानो घरायसी बदलाले भागरथीको हत्या

धनगढी : बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको हत्यामा संलग्न भनी पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार दिउँसो २ बजेतिर सार्वजनिक गरिएको हो। आरोपी सार्वजनिक गर्नेक्रमका हत्याको कारणमा प्रहरीले घरायसी बदला भएको बताएको छ। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार अभियुक्तले पुरानो घरायसी रिसइबीका कारण भागरथीको हत्या गरेको भन्दै साविति बयान दिएको बताए।

‘साविति बयानमा उनले, बुवा बाजेका दिनको पुरानो रिसइवी रहेको बताए’, डीआईजी सुवेदीले भने। प्रहरीले साविति बयान नै घटनाका लागि ठूलो प्रमाण भएको बताए। ‘उनले साविति बयान दिएका छन, उनको मोबाईलको लोकेशन, उसको शरीरमा लागेको सामान्य चोट र प्रत्यक्षदर्शी जस्ता प्रमाण पनि संकलन भएका छन्’, डीआईजी सुवेदीले भने।

माघ २१ गते दोगडाकेदार गाउँपालिका ७ स्थित घरबाट सनातन धर्म मावि खोचलेक गएकी भागरथीको २२ गते स्थानीय लवलेक सामुदायीक वनमा शव फेला परेको थियो। शवको पोस्टमार्टममा पनि उनको घाँटी निमोठेर हत्या भएको र यौनजन्य क्रियाकलाप भएको उल्लेख छ। यस्तै भागरथीका दाइ केशव भट्टले, दिनेशविरुद्ध जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले पीडित परिवारका तर्फबाट दाइ केशव भट्टको जाहेरी दर्ता भएको जनाएको छ। 

प्रतिक्रिया